काेराेना संक्रमित ११६ जना थपिए कुल संख्या १७ हजार ६१ पुग्याे

96

 

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप ११६  जनामा संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११६ नयाँ संक्रमित थपिएको जानकारी दिए । त्यस्तै, नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

संक्रमित थपिँदै जाँदा कोरोना जित्नेको संख्या पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको मन्त्रालयले जनाएको छ । यो संख्या नेपालको कूल संक्रमितको आधारमा ६०.५३ प्रतिशत हो ।

प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ९३ हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका २५  प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टिनमा २४ हजार ७१६ जना रहेका छन् भने आइसोलेसनमा ६ हजार ६९५ जना रहेका छन् । ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here