नदी सफा गर्नेको पीडा

128

काठमाडौं – विश्वभर कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउनले फोहोर पनि उत्तिकै बढाएको छ । अहिले फोहोरको समस्या विश्वका धेरैजसो मुलुकले खेपिरहेका छन् ।

तर फोहोर सफा गर्ने बंगलादेशका नदीहरु सफा गर्ने सफाइ कर्मचारीको जागिर भने विश्वको सबैभन्दा नराम्रो काम गर्ने हो कि भन्ने आभाष हुन्छ । कर्मचारीहरुले फोहोरले भरिएको खोलामा घाँटीसम्म शरीर डुबाएर सफाइ गरिरहेको दृश्य बंगलादेशको राजधानी सहर ढाकाको साभरमा रहेको नालामा देख्न सकिन्छ । साभरको नालामा प्लास्टिकका झोला र बोतल तथा अन्य घरेलु फोहोरको थुप्रो लाग्ने गर्छ । नगरपालिहरुको क्षेत्र हुँदै बग्ने धालेश्वरी, बंशी र टुराग खोला र नालाहरु वर्षौँदेखि फोहोरको कारण प्रदूषित रहँदै आएका छन् ।

 

न्यु एज बंगलादेशका अनुसार साभर नगरपालिकाका सफाइ कर्मचारीहरुले यसरी जम्मा भएका फोहोरलाई विभिन्न ५० स्थानमा जम्मा गर्छन् । तर, जम्मा गरिने स्थानहरु खोला वा नालाकै किनारामा छन् । गत वर्ष नगरपालिकाका अधिकारीले दैनिक दुईसय टन फोहोर संकलन गरिएको थियो ।

यसरी फोहोर निकालेपछि फोहोरलाई व्यवस्थापनको लागि कुनै उचित स्थान भने अझै व्यवस्था गरिएको छैन । खोलाबाट फोहोर निकालेपछि त्यसैकै किनारामा रहेको जमिनमा व्यवस्थापन गरिन्छ । गत वर्ष बंगलादेशको उच्च अदालतले सबै खोलाहरुलाई एकै किसिमको कानुननी मान्यता प्राप्त हुने महत्वपूर्ण फैसला सुनाएको थियो । यसको अर्थ खोलाको जमिन मिच्ने वा खोला प्रदूषित गर्न नपाउने हो ।

प्रदेशका आपूर्तिमन्त्री खालिद मुहमद चौधरीले बन्दरगाह क्षेत्रबाट १५ हजार १७५ अवैध संरचनाहरु हटाइएको बताएका थिए । बुरिगंगा, टुराग, बलु र सितालाख्या खोलाहरुको किनाराबाट उक्त अवैध संरचनाहरु हटाइएको हो । साथै ५६६ दशलमव १२ एकड मिचिएको जमिन फिर्ता ल्याइएको थियो । खानेपानी मन्त्रीले पनि यो क्षेत्रमा सबै अवैध संरचना हटाउँदै आगामी दिनमा सरकारको नियन्त्रण कायम राख्ने जनाएका छन् ।

उनले पुनः यो क्षेत्रको जग्गा मिचिन नदिन ती क्षेत्रमा रुख रोप्ने वा फुटपाथ बनाउनेलगायत काम गरिने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here