काठमाडौं – विप्लव नेतृत्वको नेकपाका पूर्वी कमाण्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहोरा पक्राउ परेका छन् ।
प्रदेश नं. १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले नन्दकिशोर भन्ने सैन्य इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट आज पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार कालिकोट फेनेली घर भएका ४० बोहोरा उर्लाबारी नगरपालिका ३ मंगलबारेमा लुकीछिपी बस्दै आएका थिए । उनको साथबाट पेस्तोल, गोली र अन्य बस्दोबस्तीका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।


















