अवैध रुपमा भन्सार छली ल्याउँदै गरको कपडासहित पक्राउ

148

बारा – आदर्शकोतवाल गाउँपालिका-६ स्थित सडकबाट करिब १ लाख १० हजार ५० रुपैयाँ मूल्य बराबरको रेडिमेड कपडासहित सिम्रौनगढ नगरपालिका-१० बस्ने १९ वर्षीय राजु प्रसाद यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराबाट खटिएको प्रहरीले ना.४९ प १९०४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याउँदै गरेको कपडा र मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।

यादवलाई बरामद कपडा तथा मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here