विजयी महिलाको खाता नवलपरासीबाट

168

नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा पहिलोपटक महिला उम्मेदवार विजयी बन्नुभएको घोषणा भएको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गर्नुभएको छ । वनयी त्रिवेणी र बुंदीकाली गाउँपालिकामा काँग्रेस विजयी बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here