गोरखा/ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार–१, खोप्लाङ बेलबास पुगेर मतदान गरे । खोप्लाङस्थित अन्नपूर्ण मवि मतदान केन्द्रबाट डा. भट्टराईले मतदान गरेका हुन् । त्यस्तै, सोही मतदान केन्द्रबाट नेपाली काँगे्रसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि मतदान गरे । काँगे्रस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकामा पुगेर मतदान गरेका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका–८ स्थित परोपकार आदर्श मावि, जौवारी केन्द्रबाट मतदान गरे ।
















