हुम्लामा पनि गोली चल्यो

115

सिमीकोट/ स्थानीय निर्वाचनमा दुई पक्षबीच झडप हुँदा त्यहाँ तीनजना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन भने प्रहरीले दुई राउन्ड गोली चलाएको छ । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ को मान्धारा माविको भकुण्डे मतदान केन्द्रमा नेपाली काँग्रेसका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार प्रकाशबहादुर शाही पक्षबीच झडप हुँदा गोली चलाएको हो । बिहान ७ बजेर २५ मिनेटमा सुरु भएको मतदानमा दुई सय मतदाताले मतदान गरिसकेपछि मतदाता नामावलीमा नाम नै नभएका व्यक्तिले भोछ हाल्न पाउनुपर्ने माग स्वतन्त्र उम्मेदवार शाही पक्षले गरेपछि विवाद बढेर झडप भएको र त्यसलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेका हो । स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएपछि पुनः मतदान प्रक्रिया भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here