एघार वटा नपाद्वारा एकीकृत विकासका लागि साझा अवधारणा

111

काठमाडौं । काठमाडौं जिल्लाको एकीकृत विकासका लागि साझा अवधारणा बनाइने भएको छ । काठमाडौंका ११ वटै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्याको सामूहिक रूपमा समाधान गर्दै एकीकृत विकास गर्न रणनीति बनाइन लागिएको हो ।

काठमाडौं जिल्ला सङ्घीय राजाधानी सहर भएकाले यहाँका विद्यमान समस्याको समाधान गर्न पनि स्थानीय तहले सामूहिक रणनीति बनाउनुपर्ने यहाँका स्थानीय तहलाई दबाब दिँदै आएको थियो ।

फोहोरमैला व्यवस्थापन, पर्यटन विकास, ट्राफिक समस्या समाधान, खानेपानीको उपलब्धता, सांस्कृतिक सम्पदाको संरक्षण, उत्पादित कृषि योग्य जमिनको संरक्षण गर्दै तरकारी बजारको व्यवस्थापन गर्ने काठमाडौंका ११ वटै नगरपालिकाका प्रमुखले प्रतिबद्धता जनाएका छन् ।

शुक्रबारदेखि सुरु भएको काठमाडौँ जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ जिल्लाको एकीकृत समस्यालाई सामूहिक रूपमा समाधान गर्नेगरी जिल्ला समन्वय समितिले सारेको प्रस्तावलाई आफूहरू कार्यान्वयन गर्न तयार भएको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here