ब्युँतियो साढे दुई दशकअघिको लोकप्रिय कार्यक्रम: ‘आफ्नो गाउँ आफैं बनाऔं’

174

काठमाडौं- सरकारले साढे दुई दशकअघिको पहिलो कम्युनिष्ट सरकारको लोकप्रिय ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी ब्युँझाइएको छ।

गाउँ निर्माणधेन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै सात अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०७६्७७ को बजेट पेस गर्दै रोजगारीलाई प्राथमिकतामा राखेको जनाए।

‘स्थानीय तहसँगको सहकार्यमा अन्य कार्यक्रमसँग दोहोरो नपर्ने गरी ‘आफ्नो गाउँ आफैँ बनाऔँ’को भावनाअनुरूप विकास निर्माण र रोजगारी सिर्जना गर्नका लागि बजेटको व्यवस्था मिलाएको छु’, अर्थमन्त्री खतिवडाले भने, ‘उत्पादक श्रम र रोजगारीबाट मात्रै उत्पादन वृद्धि, दिगो सामाजिक सुरक्षा र आत्मसम्मान विकास हुने भएकाले रोजगारीलाई प्राथमिकतामा राखेको छु। कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here