काठमाडाैं – नेकपाको स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । विवाद समाधानको उपाए नभेटिएपछि आज बस्ने भनिएको बैठक दुई दिन पछि सारिएको हो । अब साउन ४ गते ३ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका हुन् ।
केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

















