उनले रिफाईनान्सको फण्डले नपुग्नपनि सक्ने देखिएको तर त्यसबारेमा नीतिमा ठोस कुरा उल्लेख नगरिएको बताए । उनले भने,‘हाम्रो घाउ त ठूलो छ । त्यो अनुसारको मल्हम चाहियो । प्रायः हाम्रा माग र सुझावहरु सम्बोधन भएका छन् । कृषिमा दशदेखि पन्ध्र होईन्, २० प्रतिशत लोन प्रवाहित गर्नुपर्छ ।’
उनले उत्पादनशील क्षेत्रमा लोन प्रवाह गर्न सकिए कोरोनाको कहरमा पनि सर्भाईभलमा जान सकिने धारणा राखे । उनले भने,‘हामीले कृषि क्षेत्रलाई हाईलाईट गर्नुपर्छ । सहकारीको सम्बन्धमा पनि राम्रो नीति आउनुपर्छ । देशभरि साँढे ३४ हजारको हाराहारीमा सहकारी छन् । यसलाई पनि व्यवस्थित् रुपमा आन्तरिक मन्त्रालयमा समन्वय गरेर अनुशासित दायरामा ल्याउनुपर्छ । तल्लो तहका साना तथा मझौला उद्यमी, कृषक र महिला उद्यमी सहकारीमा निर्भर छन् । त्यसकारण यसलाई व्यवस्थित् गर्नुपर्छ ।’ मल्लले मौद्रिक नीति समग्रमा सकारात्मक र विगतभन्दा राम्रो रहेको टिप्पणी गरे । यद्धपी उनले अझै राम्रो नीति पनि ल्याउन सकिने धारणा राखे ।
















