सरस्वती माताको मूर्ति निर्माणको काम अन्तिम चरणमा

167

धनुषा । सरस्वती पूजा आइतवार  हुने भएकाले   सरस्वती माताको मूर्ति सिंगार्ने काम भइराखेको छ।

धार्मिक परम्परा अनुसार विद्याकी देवी सरस्वतीको पूजा अर्चनामा माटोको प्रतिमाको आवश्यकता पर्छ।मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत आसपासका विभिन्न स्थानमा सरस्वती माताको मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको देख्न सकिन्छ।

यहाँ दुर्गा पूजा, सरस्वती पूजा वा गणेश चतुर्थी लगायतका मूर्ति पूजनको अवसरमा माटोले बनाइएका देवी देवताका मूर्ति रंग्याउने काम धमाधम हुन्छ।

अहिले सरस्वती पूजाको तयारीका लागि बनेका मूर्ति सिंगार्नेकाम मुर्तिकारलाई भ्याई नभ्याई हुने गरेको जनकपुरधाम उपमहानगरपालिका १२ का चन्द्रदेव पण्डित बताउनुहुन्छ।

जनकपुर एयरपोर्ट जाने बाटोमा रहेको भुतही पोखरीको डिलमा बनाएको झुप्रो भित्र चन्द्रदेव पण्तिका बाबु छोरा मूर्ति सजाइरहेका देखिन्छन्।सरस्वती पूजा नजिकिएसँगै बुवालाई सघाउन छोरा अमरेन्द्र पण्डितले आफू त्यहाँ आएको बताउनुभयो।चन्द्रदेवले एक महिना अगावै सरस्वती पूजाका लागि मूर्ति बनाउन थाल्नुभएको हो।तर, अन्तिम चरणमा हतार भएपछि दुई सहयोगी र आफ्ना छोरा अमरेन्द्रलाई पनि आफूसँगै काममा लगाएका छन्।

कोरोना महामारीले मूर्तिको खपतमा असर परेको उहाँको भनाइ छ।महामारी अघि देशका विभिन्न ठाउँमा पुग्ने मूर्ति अहिले जनकपुरमा मात्र खपत हुन्छन्।

यस्तै जनकपुरधाम १२ का २२ वर्षीय राजाराम मण्डल बाल्यकालदेखि मूर्ति बनाउने काममा आवद्ध हुनुहुन्छ। आफूले बनाएका मूर्ति काठमाडौंसम्म पुग्ने उहाँको भनाइ छ।तर, कोरोना महामारीले व्यापार घटेको उहाँ सुनाउनुहुन्छ। यस वर्षको सरस्वती पूजा माघ २३ गते  मनाइदै छ। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here