उक्त र्यालीमा हिन्दु राष्ट्र कायम गर, अयोध्या जनकपुरधाम सम्बन्ध बिगार्न पाइँदैन, ‘धर्म र आस्था माथिको राजनीति बन्द गर’, ‘हिन्दुत्व नै राष्ट्रियता हो’, ‘धर्म निरपेक्षता मुर्दावाद’, ‘तथ्यहीन विवाद बन्द गर’, ‘केपी ओली मुर्दावाद’ प्रधानमन्त्री ओलीको गलत अभिव्यक्ति फिर्ता होस् सहितका नारा लगाइएको थियो।
भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीताको विवाह भारतको अयोध्यामा नभई नेपालकै पर्साको ठोरीमा रहेको अयोध्यामा भएको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीले राम जन्मस्थल सम्बन्धमा विवादित बयान दिएपछि नेपालका विभिन्न स्थानमा विरोध हुँदै आइरहेको छ।