सबैभन्दा बढि लाचारी शिक्षा मन्त्रालय  : अनलाईन कक्षा स्थगित् गर्ने निर्णय फिर्ता लिनुपर्छ

95

काठमाडौं – नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले पनि अनलाईन कक्षाहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिए । उनले कोभिड–१९ को महामारीका कारण देश नै ठप्प रहेको र सबैभन्दा अस्तव्यस्त क्षेत्र शिक्षा भएको जनाए।  

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले हाम्रा विद्यार्थीहरु तनावमा छन् । प्याव्सन र एनप्याव्सनले अनलाईन कक्षाहरु स्थगित् गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ । र, विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउनुपर्छ ।’ उनले भने निजी विद्यालयहरु धराशयी बनाउने आफुहरुको कुनै चाहना नभएको जिकिर गरे । ढुंगानाले आफुहरुले लकडाउनकै बेलामा पनि निजी विद्यालयहरुले लिने अतिरिक्त शुल्क गलत छ भन्ने आवाज उठाएर सडक आन्दोलन गरेको स्मरण गराए ।

यस्तो विषम परिस्थितिमा पनि शिक्षा मन्त्रालय जो मुलुकको शिक्षा क्षेत्रको अभिभावक हो उसले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको उनको गुनासो छ । उनले भने,‘यस्तो बेलामा पनि शिक्षा मन्त्रालयले केही नगर्ने हो भने सरकार किन चाहियो ? अहिले त सबैभन्दा लाचारी त शिक्षा मन्त्रालय भयो । यो क्षेत्रलाई कसरी माथि उकास्ने भन्नेबारे कार्ययोजनामात्रै होईन, गुरुयोजना बनाउनुपर्छ । तर, शिक्षा मन्त्रालयको अहिले देखिनेगरि भूमिका भएन् ।’

अहिले पानीजहाज र रेलको कुरा गर्ने बेला नभएर विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित गर्न नहुने कुरा नै मुख्य भएको उनले तर्क गरे । उनले आफ्नो संगठनले कोहीसँगपनि चन्दा अथवा आर्थिक सहयोग नलिने स्पष्ट पारे । र, लिएको पाईए कारबाही गर्ने दृढता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here