काठमाडौं – लकडाउन अझै लम्बिने भएको छ । सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने भएको छ ।
नयाँ ढाँचामा रोकथामको उपायसहित विभिन्न क्षेत्र विस्तारै खोल्न दिने तयारी भएको छ । यसपटक होटल तथा रेष्टुँराहरु निश्चित मापदण्डसहित खोल्न दिइने छ । शैक्षिक संस्थाहरु विभिन्न समुहमा आलोपालो गरी खोल्नेबारे पनि छलफल बढाइएको स्रोतले जानकारी दिएको छ । मनोरञ्जन स्थल र शैक्षिक संघसंस्थाहरु अझै केही समय बन्द राखिनेछन् । सार्वजनिक यातायातहरु आधा सिटमा सञ्चालनमा आएका छन् । उद्दोग व्यवसाय पनि सञ्चालन भइसकेका छन् ।


















