स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म १२ हजार ४ सय ७७ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ४ सय ७७ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । पुर्वका पाँचथर , धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


















