आजदेखि पूर्वमन्त्री खाँणको बयान सुरु

38
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आजदेखि सुरु हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजदेखि बयान लिन लागेको हो ।

गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट पक्राउ परेका पूर्व गृहसचिव टेकनारायण पाण्डेले प्रकरणमा खाँणको पनि संलग्नता रहेको कुरा खोलेपछि पाण्डेले दिएको बयानकै आधारमा बुधबार खाँणलाई पक्राउ गरिएको हो ।

बयानका क्रममा पाण्डेले तत्कालीन गृहमन्त्री खाँणकै निर्देशनमा आफूले फाइल खडा गरेको बयान दिएको प्रहरीको भनाइ छ । खाँणले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here