पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन जाने क्रममा च्यासलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिए । सो क्रममा उनले आफूहरुले ०४७ सालदेखि नै भ्रष्टाचारमा छानबिनको माग गर्दै आएको स्मरण गराए ।
उनले भने,‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’ उनले दोषी छुट्न नहुने र निर्दोष पर्न नहुने बताए । उनले प्रचण्डले देखाउँछु भनेको फिल्म चाहीँ सुरु नभएकोले उक्त फिल्मको प्रतिक्षामा आफूहरु रहेको बताए ।


















