१६ वर्षीय कमर गुल यस घटनापछि सामाजिक सञ्जालमा नायकका रुपमा छाइरहेकी छिन्, विद्रोहीहरुसँग चलेको झन्डै १ घण्टा लामो गोलवारीमा उनले आफ्ना १२ वर्षीय भाइसँग मिलेर एके ४७ एसल्ट राइफल प्रयोग गरेकी थिइन् । गत सातादेखि झन्डै ४० जना तालिवानी लडाकुहरुले गेरिभस्थित उनीहरुको गाउँमा धावा बोलेका थिए । यी युवतीसँग भिडन्त हुनभन्दा केही क्षणअघि मात्रै लडाकुहरुले उनका बाबु– आमालाई मारेका थिए किनकी ती बाबुआमा अफगानी सरकारका समर्थक थिए, तालिवानले झन्डै दुई दशकदेखि अफगान सरकारलाई ढाल्न खोजिरहेको छ ।
अवशरका अनुसार कमर र हाबिबुल्लाहलाई अहिले घोर प्रान्तकै अलग स्थानको एक सुरक्षित घरमा लगिएको छ । ‘उनीहरु सुरुका दुई दिन स्तब्ध थिए र केही बोल्न सकिरहेका थिएनन् । तर अहिले राम्रो अवस्थामा छन्,’ अबरले भने,‘ उनीहरु भन्दै थिए कि यो हाम्रो अधिकार हो किनकी हामी हाम्रा अभिभावक बिना बाँच्नुपर्ने आवश्यकता छैन । त्यही गाउँमा बस्ने आफ्ना सौतेनी दाजुबाहेक उनीहरुसँग अन्य धेरै आफन्त पनि थिएनन् ।’