सिन्धुपाल्चोक – चौतारा साँगाचोक गढी नगरपालिका-१ सानो ओख्रेनीबाट भरुवा बन्दुक र बारुद जस्तो देखिने करिब ४० ग्राम कालो वस्तु सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ बस्ने ३० वर्षीय जित बहादुर तामाङ र जुगल गाउँपालिका-१ बस्ने ३८ वर्षीय वीर वहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक समेतको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा हतियार सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















