काठमाडौं-राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड सुुचारु गर्न दुुई दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर क्षति पु¥याएपछि सोमबारदेखि राजमार्ग अवरुद्ध भएको छ ।
सो राजमार्गको चितवन–धादिङ खण्डमा पहिरो जाने क्रम जारी रहेको उनको भनाई छ। पृथ्वी राजमार्गमा करिब दुई सय ठाउँमा पहिरो गएका छन् । यो राजमार्ग खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तह लगायतसँग छलफल भइरहेको उनले बताए ।
लगातारको वर्षाले देशभरका अनेक सडक अवरुद्ध भएपछि तिनलाई खुलाउन तत्कालै प्रयास थालिएको
छ । त्यस क्रममा अवरुद्ध भएका ३८ ठाउँका सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ भने २५ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।
बाढी र वर्षाका कारण देशका विभिन्न ३५ ठाउँमा अझै पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ । तिनलाई खुलाउन प्रयास अगाडि बढेको जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।


















