सुनको भाउमा रेकर्ड कायम

155

काठमाडौं – सुनको भाउले बिहीबार पनि रेकर्ड ब्रेक गरेको छ । बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मुल्य तोलाको ९४ हजार ६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

चाँदी भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । चाँदी तोलाको ११ सय ४५ रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुनका मुल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको थियो । चाँदी मुल्य प्रतितोला ११ सय ३५ रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here