देशमा थप १३३ जनामा कोरोनासहित संक्रमितको संख्या १८,३७४ पुग्याे

220

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

शुक्रबार थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ। साथै थप १०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ९ सय ४७ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ८७ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा हालसम्म ४४ जना संक्रमितको मृत्यु भएको छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here