काठमाडौं – काठमाडौं महानगरपालिका-१५ स्वयम्भू हलचोक बस्ने गोरखा बुङकोट घर भएका ४४ वर्षीय तिलक बहादुर श्रेष्ठ सोही ठाउँस्थित नबिल बैंकको एटिएमसंगैको पेटीमा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-६ देवनगरस्थित राष्ट्रिय निकुञ्ज बनभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
रुकुम (पश्चिम), चौरजाहरी नगरपालिका-९ गुरताल गाउँस्थित मकै बारीमा सोही ठाउँ बस्ने ४५ वर्षीय हरि बहादुर मल्ल बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
साउन ४ गते साँझ सोही नगरपालिका बस्ने दिदीको घरमा खाना खाई आफ्नो घरमा फर्केकोमा सम्पर्कमा नरहेकोले आफन्तले खोजी गर्ने क्रममा मकै बारीमा टाउको र शरीर छुट्याएको अवस्थामा उनको शव फेला पारेको हो ।
सिन्धुली, मरिण गाउँपालिका-३ मथौलीस्थित मरिण खोलाको बिचमा ढुङगामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















