काठमाडौं – सेनाको कुटाइबाट चितवन राष्ट्रिय निकुञ्जमा एक युवकको मृत्यु भएपछि नेपाली सेनाले छानबिन सुरू गरेको बताएको छ।
शुक्रबार सेनाले विज्ञप्ति जारी गर्दै आफ्नो आन्तरिक छानबिन सुरू गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरूले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जनाएकाे छ ।
चितवन राष्ट्रिय निकुञ्जमा सेनाको कुटाइबाट एक युवकको मृत्यु भएको भन्ने समाचार शुक्रबार कान्तिपुर दैनिकले प्रकाशित गरेको थियो। समाचार अनुसार पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो।
गत साउन १ गते गत बिहीबार चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा बसेका सैनिकले राजकुमारसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो। राजकुमारको भने उपचारको क्रममा बुधबार मृत्यु भएको हो। तर घटनामा संलग्न सेनाले भने


















