सर्वोच्चकाे त्रुटिपूर्ण फैसला रद्ध गर भन्दै साझा पार्टी प्रर्दशन

250
काठमाडौं – सर्वोच्च अदालतका पछिल्ला फैसलामाथि प्रश्न उठाउँदै साझा पार्टीले अाज राजधानीमा प्रदर्शन गरेको छ । न्यायपालिकाको समग्र सुधारका माग गर्दै पार्टीले ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयबाट माइतीघर मण्डलसम्म ‘साझा तराजु यात्रा’ गरेको हो ।

सर्वोच्च अदालतले हालै रञ्जन कोइरालाको मुद्धामाथि गरेको फैसलाले देशको संवैधानिक प्रतिष्ठा, कानुनी राज्यको सिद्धान्तमाथि प्रश्न चिन्ह खडा भएको साझा पार्टीको भनाइ छ ।  त्यस्तै प्रधानन्यायाधीशको प्रत्यक्ष संलग्नतामै पत्नी हत्याको जघन्य अपराधमा संलग्न कोइरालालाई सजाय कटौती गरेर न्यायालयमाथि नै प्रश्न चिन्ह खडा भएको साझा पार्टीको ठहर छ ।  दोषीलाई हदैसम्मको सजाय दिनुपर्नेमा कानुनको अपब्याख्या गरी सजायबाट उन्मुक्ति दिने कदमले जनता न्याय खोज्न कहाँ जाने भन्ने प्रश्न उत्पन्न भएको पनि सो पार्टीको भनाइ छ   ।

सहभागीहरु ‘गैरन्यायिक फैसला चाहिँदैन, दोषीलाई उम्काउन पाइँदैन, गैरन्यायिक फैसला खारेज गर, घुखोर, कमिसनखोर र बिचौलियालाई जेल हालौ’ लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । यस्तै न्यायको तराजु समेत प्रदर्शनकारीहरुले बोकेका थिए भने तराजु सन्तुलनको अवस्थामा नरहेको आशय व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here