पोखरा – चैत ११ गतेदेखि लगाइएको लकडाउन १ सय २० दिन पछि बुधबार रातिबाट हटेको छ। लकडाउन हटेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न पाउने निणयसँगै पोखराका पर्यटन व्यवसायी लामो समय देखि बन्द व्यवसायलाई पुनः सञ्चालन गर्न तयारीमा जुट्ने बताएका छन्।
कोरोनासँग सधैं डराएर चल्न सक्ने अवस्था नरहने भएकाले विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई फलो गर्दै सुरक्षित रूपमा बिस्तारै होटल रेस्टुरेन्टलाई चलायमान बनाउने तयारीमा पर्यटन व्यवसायी जुट्ने उनले सुनाए। होटल रेस्टुरेन्ट खुले पनि विदेशी पर्यटक आउने वातावरण नभएसम्म पर्यटन उद्योग अघि बढ्न नसक्ने भए पनि लामो समयदेखि लकडानमा रहेका आन्तरिक पर्यटकलाई दसैं तिहारसम्म कोरोना सक्रमण निन्त्रणमा आउने विश्वासका साथ स्वागतको तयारीमा जुट्ने उनले जनाए ।
लामो समयसम्म रेस्टुरेन्ट बन्द रहँदा अस्तव्यस्त रहेको रेस्टुरेन्ट व्यवसायलाई सरसफाइ, मर्मत सम्भारमा जुट्दै सञ्चालनको तयारीमा जुट्ने गरी अघि बढ्दै गरेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताएको आजको अन्न्पूर्ण पोस्ट् दैनिकमा खवर छ ।


















