विदेशमा कोरोना संक्रमणवाट थप एकसहित ज्यान गुमाउनेकाे संख्या १६१ पुग्याे

69

काठमाडौ – विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा गत साता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एक जना नेपालीको निधन भएको हो।

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

 समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल संक्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशतभन्दा बढी नेपाली संक्रमणमुक्त भएका छन्। गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश निको भए पनि यस हप्ता त्यहाँ संक्रमण दर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि संक्रमण बढेको समितिले जनाएको छ।

 संघका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ। यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here