घामले पुरै डढेको अनुहार, हातखुट्टा वा शरीरको अन्य भागलाई फेयर र सेतो बनाउन तथा कालो दाग धब्बा, चाउरीपन वा स्पटलाई जरै देखि निकाल्ने गोप्य घरेलु विधि प्रयोग गरेर आफ्नो छालालाई सेतो र चम्किलो बनाउन अब कफीको प्रयोग गर्नुहोस् ।
कफीले अनुहारको चाउरीपन, फाइन लाइन्स साथै बुढ्यौलीलाई रोक्न मद्धत गर्छ। यदि तपाइँ घाममा धेरै हिंड्नु हुन्छ जसको कारण छाला बिग्रेर हैरान हुनु हुन्छ भने कफीको प्रयोगले डढेको छालालाई पूर्ण रुपमा हटाउन सकिन्छ । कालो वा डढेको छालालाई हिउँ जस्तै सेतो बनाउन कफीले एकदम प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्छ। कफीमा एन्टीअक्सिडेन्ट हुन्छ जसले छालामा हानी पुर्याउने विकिरणहरुसंग लडी छालाको रक्षा गर्दछ । कफीमा हुने कफिनले स्किनमा उर्जा दिई फेसमा रगत आदानप्रदान गर्न सहयोग गर्छ। जसले स्किनलाई एकदम त्वचा र उज्यालो बनाउछ । हेरौं यसका लागि चाहिने सामग्री र लगाउने विधि विस्तारमा ।
१) स्क्रब : स्क्रबको लागि चाहिन्छ कफी, चिनी र ओलिव ओइल । एउटा सफा कचौरामा एक चम्चा कफी पाउडर, एक चम्चा चिनी र एक चम्चा ओलिव ओइल राख्ने र यी सामग्रीलाई मज्जाले मिसाएर पेष्ट बनाउने र अनुहार वा हातखुट्टामा लगाएर सर्कुलर मोसनमा २(३ मिनेट सम्म मसाज गर्ने ।
२) फेस मस्क: फेस मस्कको लागि हामीलाई कफी पाउडर, चामलको पिठो, मह र दहि चाहिन्छ। एउटा सफा कचौरामा एक चम्चा कफी पाउडर र एक चम्चा चामलको पिठो राखेर राम्ररी मिसाउने । त्यसपछि आधा चम्चा मह र २/३ चम्चा दहि राखेर राम्रो संग मिसाएर पेष्ट बनाइ अनुहार, घाँटी वा हातखुट्टामा लगाउने । लगाईसकेपछी पेस्टलाई १५ देखि २० मिनेट सम्म सुक्न दिने । त्यसपछि चिसो पानीले पखाल्ने ।यदि तपाइँ घामले डढेको, डन्डीफोरको दाग, चाउरीपन वा स्पटहरु हटाएर फेयर र चम्किलो अनुहार पाउन चाहनु हुन्छ भने हप्ताको २/३ पटक यो विधि प्रयोग गर्नुहोस् ।


















