राप्रपा परित्याग गरेका सुनील थापा आज कांग्रेसमा प्रवेश गर्दै

228

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनील थापा नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।

थापासहितको टोली नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा  मंगलबार दिउँसो ३ बजे हुने एक कार्यक्रम मार्फत् कांग्रेसमा प्रवेश गर्न लागेकोे हो। सहमहामन्त्रीको दाबी गरेका थापालाई उनले पाउने पदको भने अझै टुंगो नलागेको जनाइएकाे छ ।
थापा निकट किरण गिरीले भने, ‘मंगलबार प्रवेश गर्नेमात्रै कार्य हुन्छ। पदीय जिम्मेवारी भोली घोषणा हुँदैन।’

प्रवेश गरिसकेपछि पदीय जिम्मेवारीको छलफल हुने उनले जानकारी दिए। गिरीले वार्ता सकरात्मक रहेको जनाउँदै सम्मानजनक जिम्मेवारी पाउने गरी प्रवेश हुन लागेको जानकारी दिए ।

राप्रपाका संस्थापका नेता सूर्यबहादुर थापाका छोरासमेत रहेका थापा पूर्वमन्त्री समेत हुन्। थापासहित ३१ जनाले तीन दिनअघि राप्रपा परित्याग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here