सुडान प्रस्थान गरी फर्कियो नेपाल एअरलाइन्स

116

काठमाडाैं – नेपाल एअरलाइन्सले पहिलो पटक सुडानको लागि उडान गरेको छ । नेपाली सेनाको शान्ति मिसनमा जाने सैनिक बोकेर दक्षिण सुडान पुगेको नेपाल एअरलाइन्सको जहाजले फर्कँदा पनि शान्ति मिसनमा रहेका सैनिक ल्याएको   थियाे ।

ओमानको राजधानी मस्कट हुँदै दक्षिण सुडानको राजधानी जुवा गएको नेपाल एअरलाइन्सको जहाजले दुई सय ३८ जना सैनिक लगेको थियो भने फर्कँदा दुई सय ५० सैनिक ल्याएको छ ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज मङ्गलबार राति सुडानको लागि उडेको थियो भने बुधबार राति काठमाण्डौ फर्किएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here