बल्खुकाे कुमारी क्लब नजिक बस्ने दुइ युवामा काेराना

178

काठमाण्डौ – सरकारले लकडाउन खुला गरेसँगै समुदाय लगायत शहरका बस्तीहरुमा समेत कोरोना संक्रमितहरुको संख्या बृद्दि भैरहेको छ । यसै क्रममा आज साउन १६ गते अपरान्ह ४ बजेतिर बल्खुस्थित कुमारी क्बल परिसरमा २ जना संक्रमित फेला परेका छन् । ती संक्रमितहरु कुमारी ल्कव नजिकै डेरा लिएर बस्ने युवाहरु रहेको थाहा भएको छ ।
संक्रमित युवाहरु रहेको जानकारी पाए लगत्तै कुमारी ल्कवका अध्यक्ष नकुल हमाल ठकुरीले कामपा  १४ नम्बरका अध्यक्ष शोभा सापकोटालाई खबर गरेपछि अध्यक्ष सापकोटा कुमारी ल्कव क्षेत्रमा पुगि प्रहरी र प्रजिअलाई खबर गएिको ल्कवका अध्यक्ष नकुलले जनधारणालाई जानकारी गराउनु भएको छ ।

प्रजिअलाई जानकारी गराएको १ घन्टा बितिसक्दा पनि के गर्ने भन्नेबारे कुनै निकायबाट ब्यवस्थापनको सहयाेग उपलब्ध नभएको गुनासो हमालले सुनाउनु भएको छ । संक्रमितहरु भने आफ्नो निवासमा बसिरहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here