रुसले दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्दै

154

एजेन्सी – रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोना भाइरसको खोप उत्पादन गर्ने भएको छ । सन् २०२१ को शुरुवातभित्रै खोप उत्पादन गर्ने रुसी मन्त्री डेनिस मान्टुरोभले  जनाएका छन् ।

रुसी समाचार संस्था ताससँगको कुराकानीमा मान्टुरोभले सन् २०२१ को शुरुवातभित्र दशौं लाख डोज खोप उत्पादन हुने खुलासा गरे । रुसी समाचार संस्था ताससँगको अन्र्तवार्तामा उनले स्वास्थ्य सेवामा आवश्यता अनुसार भ्याक्सिन उत्पादन गर्ने  जनाए ।गेमिलिया नेस्नल रिसर्च सेन्टरले खोपको विकास गरिसकेको । तेस्रो चरणको परीक्षण सकिएपछि सेप्टेम्बरबाट उसले व्यवसायिक उत्पादन शुरु गर्नेछ । रुसको १८ वटा रिसर्च संस्थामा २८ वटाले फरक विकल्पसहितको भ्याक्सिन विकासका लागि प्रयास गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here