राजश्व अनुसन्धान बुटवलका प्रमुख अख्तियारकाे नियन्त्रणमा

218

बुटवल – राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।

बुटवल नयाँगाउँस्थित राजस्व अनुसन्धान कार्यालय नजिकैबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

चिनी व्यवसायी अनिल कुमार झासँग घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई बुटवल १३ बुद्धचोकबाट नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता शुरेस भुसालले रानालाई दुईलाख रकम सहित रंगेहात नियन्त्रणमा लिएको जानकारी दिए।

हाल रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको भुसालले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here