कपिलवस्तु – मायादेबी गाउँपालिका-४ ठाकुरापुरस्थित नेपाल भारत सीमानाबाट स्रोत नखुलेको नगद १६ लाख नेपाली रुपैयाँ सहित सोही गाउँपालिका-१ बरोहिया बस्ने ३८ वर्षीय बिनोद सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले शंका लागि जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगदसहित फेला परी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















