म्युजिक फिल्म ‘तीनपाते’ भिडियाेसहित सार्वजनिक

404
काठमाडाैं –  नवीन चौहान निर्देशित म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक  गरेका छन् ।   करिव ९ मिनेट लामो भिडियोलाई गीति–कथाको रुपमा प्रस्तुत गरिएको निर्देशक चौहान गरेकाे छ । यसअघि उनी निर्देशित ‘के माया लाग्छ र’ म्युजिक भिडियो निकै रुचाइएको थियो ।

सोही गीतका समूहले ‘तीनपाते’ सार्वजनिक गरेका हुन् । यसमा  गीतकार हर्क साउद  हुन् । संगीत संयोजन   सुजन चापागाइले गरेका छन् । स्वर सुजन र बिद्या तिवारीले दिएका छन् । गीति कथामा मिलन खत्री, अनु काफ्लेको मूख्य भूमिका छ । सम्रान्त थापा, नयन नेपाल आयुष्मा काफ्ले, मुना धिताल, हर्क साउद, कविता थापा, विष्णु खत्री, सुजन खत्री लगायतको अभिनय रहेकाे छ ।

 लकडाउनले गर्दाे सर्वत्र मन्दी छाएको छ । अर्थतन्त्र धरासायी बनेको छ, युवाहरु बेरोजगार भएका छन् । समाज अभाव, भय, निरासासँग पैठेजोरी खेल्दैछ । यही पृष्टभूमीमा ‘तीनपाते’ले एउटा युवाको संघर्षको उत्साहजनक कथा पेश गरेको छ । गाउँमै उद्यम गरेर आर्थिक÷सामाजिक रुपमा कसरी सबल बन्न सकिन्छ भन्ने मर्मलाई केन्द्रमा राखेर गीति कथा बनाइएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

85%

खुसी

0%

दुःखी

8%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

Advertisment

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here