प्रधानमन्त्रीको पुनः स्वाब सङ्कलन

176

काठमाडौं – प्रधानमन्त्री केपी ओलीसहित उहाँका सचिवालयका सदस्यहरूको कोरोना परीक्षणका लागि पुनः स्वाब सङ्कलन गरिएको छ । दैनिक भेटघाटमा व्यस्त रहनुपर्ने भएकाले उहाँहरूको स्वाब परीक्षणका लागि सङ्कलन गरिएको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबार बिहान प्रधानमन्त्री ओलीसहित प्रमुख सल्लाहकार विष्णु रिमाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्र मामिलाका विज्ञ डा। राजन भट्टराई, प्रेस सल्लाहकार थापा, प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीलगायतको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलनपछि गरिएको परीक्षणको रिपोर्ट आउनेक्रम जारी रहेको प्रेस सल्लाहकार थापाले खुलाशा गरे । उहाँका अनुसार प्रमुख सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अरुको आउने क्रम जारी रहेको उहाँले जनाउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here