काठमाडौ – विश्वभर एक करोड ९५ लाख ४१ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९५ लाख ४१ हजार दुई सय ४८ जना पुगेको छ ।
यस्तै,आज विहानसम्म सात लाख २४ हजार ५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने एक करोड २५ लाख ४४ हजार चार सय ८० जना कोरोना मुक्त भइसकेका छन् ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।
अमेरिकामा मात्र एक लाख ६४ हजार ९४ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा ९९ हजार सात सय दुई , भारतमा ४२ हजार पाँच सय ७८ जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको एजेन्सीहरुले जनाएका छन् ।
एजेन्सीहरुका अनुसार आजसम्म मेक्सिकोमा ५१ हजार तीन ११ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै सात सय९४ जनाले ज्यान गुमाएका छन् ।


















