श्रेष्ठ अध्यक्ष प्रचण्डसँग कुरा गरेर गौतम निवास पुगेका थिए । तर, गौतमले आफू छ बुँदे प्रस्तावबाटै सहमति निकाल्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले छ बुँदे प्रस्तावको पक्षमा १६ जना स्थायी कमिटी सदस्य रहेको, केन्द्रीय कमिटीमा १२० भन्दा बढी रहेको तथ्यांक समेत प्रस्तुत गर्दै अब यसलाई नै मिलनबिन्दु बनाउनुपर्नेमा गौतमको जोड रहेको छ । श्रेष्ठले स्थायी कमिटीमा अझै प्रचण्ड माधव नेपाल र झलनाथ समुहको बहुमत रहेको बताउँदा गौतमको यस्तो जवाफ आएको थियो । पछिल्लो समय बामदेवको १६ बुँदेमा रामबहादुर थापा बादल, योगेश भट्टराई, घनश्याम भुषाललगायतका नेताहरु पनि उभिएको बुझिएको छ ।
प्रचण्ड र माधव नेपाल पक्षका केही स्थायी कमिटी सदस्यहरु पनि पार्टी फुट्न दिन नहुने पक्षमा बलियो गरी उभिएको र उनीहरुले पनि छ बुँदेमा सकारात्मक बनेको गौतमले श्रेष्ठलाई जानकारी गराएका थिए । छ बुँदेमार्फत् ओलीलाई प्रधानमन्त्री र अध्यक्षमा कायमै राखी महाधिवेशनमा जान प्रचण्डलाई पार्टीको सम्पूर्ण जिम्मेवारीसहितको कार्यकारी अध्यक्ष दिने गरी जानुको विकल्प नभएको गौतमको तर्क थियो । बरु ओलीले कार्यशैलीप्रति आत्मालोचना गरेर जानुपर्ने अवस्था सृजना गर्न सकिने समेत गौतमले जनाएका थिए ।


















