
सोलुखुम्बु-सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी चोकर्मा फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिनुभयो ।
दूधकुण्ड क्षेत्रमा चौरी गोठमा रहनुभएका लाक्पा लामाका अनुसार चोकर्म पोखरी फुटेर आएको पानी चोतारे पोखरीमा आउँदा खोलामा पानीको बहाव कम भएको बताउनुभयो । चोतारे पोखरी नभएको भए जनधनको क्षति हुनसक्ने उहाँको भनाइ छ । रासससँगको टेलिफोन सम्पर्कमा उहाँले अझै पनि चोकर्म ताल फुटेर चोतारे पोखरीमा आउने सम्भावना बढी भएकाले आवश्यक सुरक्षा नीति अपनाउनुपर्ने बताउनुभयो । यो खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।


















