‘समर हट फेशन शो तथा म्यूजिकल नाईट’ भव्य रुपमा सम्पन्न

111

काठमाडौं  । राजधानीको बालुवाटार स्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा समर हट फेशन शो एण्ड म्यूजिकल नाईट भव्य रुपमा सम्पन्न भएको छ ।

स्टुडियो कुवेरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई पेजेन्ट नेपालले सहकार्य गरेको थियो भने गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा खाद्यान्न सामाग्री उत्पादनमा आक्रमक रुपमा बजार विस्तार संग संगै लोकप्रिय ब्राण्ड बन्दै गएको हाईलाइफ फुड्सको सह प्रायोजनमा १४ जना फिमेल मोडल तथा ७ जना मेल मोडलहरु र्याम्पमा उत्रिएका थिए ।

ख्यातीप्राप्त फेशन डिजाईनहरुले तयार पारेका आकर्षक पहिरनमा सजिएका मोडलहरुको पहिलो सिक्वेन्स अन्तर्गत कल्चरल शोमा मेल फिमेल मोडलहरु स्टेजमा हिडेका थिए । जुन पहिरनलाई संचारकर्मी गायक समेत रहेका तथा तेजस्वी कला केन्द्र एण्ड मिडिया ड्रेस सेन्टर किर्तिपुरका सञ्चालक सुमन कुमार श्रेष्ठले डिजाईन दिएका थिए । यसै गरि तेश्रो सिक्वेन्स अन्तर्गत डिजाईनर सुमित रजकले डिजाईन गरेका पहिरनमा समर हट सिक्वेन्समा मोडलहरुले शो गरेका थिए । दौरा सूरुवालको समेतको सिक्वेन्स राखिएको शोमा मेल मोडलहरुको लागि डिजाईनर शेर खानले पहिरन तयार पारेका थिए । भने अन्तिम सिक्वेन्स तथा शोस्टपर्सका लागि तयार पारिएको पहिरन, शैलीकी फेशन डिजाईनर सुजिता बज्राचार्यले तयार पारेकी थिईन ।

नायक रमेश उफ्रेती डिजाईनर बज्राचार्यले तयार पारेको आकर्षक पहिरनमा सजिएर शोस्टपर्सको रुपमा र्याम्पमा आउदा दशर्क दिर्घाबाट लामो समयसम्म गडगडाहट ताली आईरहेको थियो । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता एवं विश्वकिर्तिमानी गीतकार डा।डिआर उपाध्यायको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम आयोजक स्टुडियो कुवेरका प्रमुख एवं चर्चित फेशन फोटोग्राफर कुवेर तामाङ्ग, एसोसियट पेजेन्ट नेपालका प्रमुख राज लुईटेल तथा वरिष्ठ समाजसेवी तथा सफल युवा व्यबसायी अमृत खड्का, पूर्व सैनिक अधिकृत तथा समाजसेवी विजय थापा कार्यक्रम व्यबस्थापन संघका अध्यक्ष लब बहादुर कार्की, गीतकार रोशन भट्टराइले गमलामा पानी हालेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।

चर्चित गायक तथा कलाकार यमन श्रेष्ठ, चर्चित रक गायक बिनोद ढकाल, चर्चित बेली डान्सर बिनु शाक्य, गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठ, गायिका यजु शिल्पकार, कमेडियन प्रभात लामा, गायक सविन बज्राचार्य तथा डिजे अमु लगयातका कलाकारको प्रस्तुतिमा दर्शक मन फुकाएर नाचेका थिए ।

ठूलै मेला–महोत्सवको झल्को दिएको थामी नसक्नु भिडले कार्यक्रम भव्य रुपमा आयोजना भएको मान्न सकिन्थ्यो । त्यसै माथी सवैको रोजाईमा पर्दै गएको टाईम्स स्क्वाएरको स्वादिष्ट परिकार तथा न्यानो आतिथ्यताले सवै दर्शकलाई झनै लोभ्याएको थियो ।

आमा अर्गानिक फुड्सको आमा मम, युथ क्रियसन नेपाल, ग्रेस ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी, अखण्ड ग्रुप अफ कम्पनी, ओम मातृभूमि ईन्टरप्राईजेज, योगी लाईफ थान्का, राष्ट्रिय बिमा कम्पनी, एन्जल्स प्याराडाईज स्कूल, काया ईन्भेष्टमेन्ट, चम्पादेवी घरजग्गा कारोवार, रितु एग्रो लगायतको सर्पोट रहेको शोमा मन्जुश्री चाईल्ड केयर सेन्टरका बालवालिकाले समेत प्रस्तुती दिएका थिए ।

फेशन कोरियोग्राफर रोजीन शाक्यको कोरियोग्राफी रहेको शो लाई सिसिम लिम्बु तथा ईश्वर वल्लभ उप्रेतीले कार्यक्रम संचालन गरेका थिए । काष्ठमण्डम टेलिभिजन तथा राष्ट्रखबरको फेसबुक पेजबाट लाईभ गरिएको उक्त शोमा फिमेल मोडलहरु सजु पौडेल, देवकुमारी श्रेष्ठ, दिपिका गिरी, जोसना गुरुङ्ग, मेरी तण्डुकार, आश्रिका लामा, सिता सुवेदी, सुजिना श्रेष्ठ, अंशु प्रजापती, ईशा यादव, नेहा तामाङ्ग, नलिना मर्हजन, समिक्षा विसी तथा मेल मोडलहरु आदित्य कार्की, राहूल जैन, प्रदिप मैनाली, समीर श्रेष्ठ, रोनीन जंग शाही, सुधर उप्रेती तथा गजेन्द्र बमले र्याम्प वाक गरेका थिए ।

जेवी युनीसेक्सकी प्रमुख तथा व्यूटिसियन जेविशा थापाको टिमले मोडलहरुको मेकअप गरेका थिए भने कृपा तण्डुकार मोडल कोअर्डिनेट र मोडल आशा भारती सह व्यबस्थापकको रुपमा रहेकी थिईन । कार्यक्रमलाई साथ सहयोग गर्ने विभिन्न संघ संस्था, कलाकार तथा मोडलहरुलाई टोकन अफ लव प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here