माकेद्वारा १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन

87

काठमाडौं ।  माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ।

माओवादी केन्द्रकाे आज बसेकाे केन्द्रीय समिति बैठकले १४९ सदस्य केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने निर्णय गरेको हो।

यसैगरी, बैठकले २५–२५ सदस्यीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगसमेत गठन गरेको छ। निर्वाचन आयोग विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशलकुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ।

भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १७५ सदस्यीय गठन गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here