कुटपिट गरेको अभियोगमा २ जना पक्राउ

195

पाल्पा – बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जना शनिबार राति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी घर भई नवलपरासी देउचुलीका बुद्धि पुडासैनी र यममाया कुमाल रहेका छन् । रामपुर सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएको र पुरुषलाई बोक्सीको आरोप लगाएका उनीहरूलाई ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here