राजधानी प्रवेशमा कडाइ गर्न आग्रह

253

काठमाडौं – उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी राजधानी प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ ।

आज फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्रीसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेका हुन् ।

राजधानीमा घना बस्ती भएकाले कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलियो भने रोक्न नसक्ने भन्दै आवतजावतमा कडाइ गर्न आग्रह गरिएको फोरमले जनाएको छ ।

उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कडाइ गर्नुपर्ने, अन्तर जिल्ला यातायात खुला नगरिए पनि आवतजावत भइरहेकाले त्यसलाई रोक्न आग्रह गरिएको  जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here