काठमाडौं- सिसिएमसी बैठकले पछिल्लो समय कोरोना संक्रमणको संख्या बढेको भन्दै रोकथामका थप सावधानी अपनाउनुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ ।
सिसिएमसीको बैठकमा भने संक्रमणको बढ्दो स्थिति देखिएको भन्दै तत्काल खुला गर्न नहुने विषयमा छलफल भएको एक सदस्यले बताए । ‘बैठकमा अहिलेको स्थिति विश्लेषण गर्दा संक्रमण बढ्दै गएकाले १५ भदौसम्म खुला गर्न नहुने गरी छलफल भयो तर यो निर्णय मन्त्रिपरिषद्बाट भएकाले स्थितिको विश्लेषण गरेर मन्त्रिपरिषद्ले थप निर्णय गर्न सक्छ,’ एक सदस्यले खुलाशा गरे ।
सरकारले यसअघि छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिइसकेको छ । तर, लामो दुरीका सवारी साधन, हवाई सेवा तथा विद्यालय भर्ना भने १ भदौदेखि मात्र खुला गर्ने निर्णय गरेको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यस सम्बन्धमा निर्णय गर्ने जनाइएकाे छ ।


















