काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
काठमाडौं उपत्यकामा ४४ कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित भएका छन् । यो सँगै उपत्यकामा कुल संक्रमितको संख्या ११८० पुगेको छ। काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्।
सोमबार देशभर ३३८ संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३१० जना पुगेको छ। साथै थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ४९३ उपचारपछि निको भएका छन्।


















