पानीमा डुबेर मृत्यु

253

काठमाडौं –  महोत्तरीकाे लोहारपट्टी नगरपालिका-६ बस्ने रामबली मण्डलको ९ वर्षीया छोरी राधीका कुमारी मण्डलको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । घुँगी मार्ने क्रममा डुबेर अशक्त भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लोहारपट्टी हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

झापाकाे  गौरीगंज गाउँपालिका-३ तेलकानी बस्ने १७ वर्षीय मनिश श्रेष्ठको पौडी खेल्ने क्रममा बुधबार साँझ डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित तल्लो तेलकानी भद्रमारी खोलामा पौडी खेल्ने क्रममा डुबरे अशक्त भएका उनलाई उपचारका लागि लाईफलाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here