नर्भिकमा ९३ केजीकी महिलाको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको ट्युमर झिकियो

356

काठमाडाैं –  तीन पटकसम्म सिजरिङ गरेकी ९३ केजीकी महिलाको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया सम्पन्न भएको छ। ४३ वर्षिय सुनिता श्रेष्ठको काठमाडौंको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा सोमबार पाठेघरको ट्युमर झिकिएको हो।

बिरामीको अवस्था अहिले समान्य छ। ल्याप्रोस्कोपिक विधिबाट अपरेशन गर्दा सुरमा आफुलाई डर लागेको भएपनि अहिले भने ढुक्क भएको श्रेष्ठले  जनाइन् जनाइन् ।  उनको शल्यक्रिया टेस्ट ट्युव बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन नुतन शर्माले गरेकी हुन्।

बिरामीको तौल र विगतमा पनि तीनपटक पेट चिरेको कारणले यो शल्यक्रिया जटिल भएपनि सहज तरिकाले सम्पन्न भएको डा शर्माले जनाइन् ।

‘यो बिरलै हुने सर्जरी हो। सिजरिङबाट तीन वटा बच्चा जन्माएको महिलाको पाठेघरको ट्युमर झिक्नु जटिल काम हो। ‘उनले भनिन्, पेट नचिरिकन दुरबिनको माध्यमले शल्यक्रिया गरिएको हुँदा बिरामीलाई सहज भएको छ।’

उनले पेट नचिरी अपरेशन गर्दा बिरामी चाडो तन्तदुरुस्त हुने दावी गरिन्। सिजरिङ बाहेकका सबै स्त्री रोगको पेट नचिरिकन शल्यक्रीया गर्न सकिने उनले  जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here