चुनावले पेट्रोलको खपत बढ्यो

86

काठमाडौं । चुनावी राैनकतासँगै पेट्रोलको खपत बढेको छ । नेपाल आयल निगमका अनुसार गत वर्ष असोज महिनाको तुलनामा यो असोजमा पेट्रोलको खपत २८ प्रतिशतले बढेको छ । २०७८ असोजमा ४६ हजार ३ सय ५३ किलोलिटर बिक्री भएको पेट्रोल २०७९ असोजमा ५९ हजार १ सय ८१ किलोलिटर बिक्री भएको छ ।

डिजेलको खपत भने गत वर्ष र यो वर्षको असोजमा बराबरजस्तै छ । गत वर्षको असोजमा ८२ हजार ६०४ किलोटिर खपत भएकोमा यो असोजमा ८२ हजार ६८९ किलोलिटर डिजेल खपत भएको छ । ‘चुनाव लागेपछि पेट्रोलको माग केही बढेको देखिन्छ,’ निगमका बिक्री वितरण विभाग निर्देशक विरेन्द्र गोइतले भने, ‘एक सातामा थप बढ्न सक्छ ।’ कात्तिक र मंसिर महिनामा पनि बिक्री थप बढ्न सक्ने उनको भनाइ छ । ‘तिहार र छठ पर्वले एकसाता बिदा भएपनि कात्तिक २१ गतेसम्म ४० हजार ४ सय १८ किलोलिटर पेट्रोल बिक्री भएको छ,’ उनले भने, ‘चुनावको अघिल्लो दिनसम्म माग थप बढ्ने अनुमान छ ।’  कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here