जापानको नागोयामा गाडिको ठक्करबाट सोमबार ममता मोक्तानको घटना स्थलमै मृत्यु भएको छ । उनको कलेज जाने क्रममा विपरित दिशाबाट आएको गाडीको ठक्कर बाट मृत्यु भएको हो ।
एक महिना अघि मात्रै उनी नेपालमा आइ नुवाकोट शिवपुरी गाउँपालिका निवासी राम तामाङसँग विवाह बन्धनमा बाँधिएका हुन् । जापानमा रहँदै आएका मृतक मोक्तान हाम्रा सैलुङअनलाइन डट कमका जापान प्रतिनिधि राम तामाङका श्रीमती हुन् ।
प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको परिवारले जानकारी दिएको छ ।

















